Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपशुपति फुड्स (आँगन) ले कर्मचारिलाई तलब नदिएपछि… !

पशुपति फुड्स (आँगन) ले कर्मचारिलाई तलब नदिएपछि… !


काठमाडौं । बिगतमा गुणस्तरहिन मिठाई उत्पादन गरेर बिवादमा आएको पशुपति फुड्स (आँगन) फेरी आफ्ना कर्मचारिलाई तिर्नुपर्ने तलब सुविधाको दायित्वबाट भागेर बिवादमा मुछिएको छ । मजदुरहरुले १० प्रतिशत सेवा शुल्कको माग गर्दा आँगन व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेपछि २०७८ माघ १६ बाट हड्ताल सुरु भएको थियो । कर्मचारीको आन्दोलनका कारण लामो समयसम्म काठमाडौंमा रहेका ६ वटै शाखा बन्द गर्न बाध्य भएको पशुपति फुड्स आँगन अहिले कम्पनी नै बन्द गरेर नयाँ कम्पनीमार्फत कारोबार गर्न अग्रसर देखिएको छ ।

कोरोना महामारिलाई कारण देखाउँदै ६५ जना भन्दा बढी नेपाली मजदुरमाथी धरपकड शैलीमा हटाएको आँगनले झण्डै ४० जना मजदुरलाई स्वेच्छीक अवकाशमा जान दबाब दिएको थियो । आँगनको अन्यायमा परेका कर्मचारी बीरबहादुर साउतले श्रम र सर्बोच्च अदालतबाट मुद्धा जितेर ७ बर्षको तलब सुविधा सहित पुनवर्हाली गर्न गराउन भन्दै भएको फैशला कार्यान्वयनबाट समेत अहिले आँगन भागिरहेको छ, नाफामा चलेको कम्पनीसँग १० प्रतिशत सेवा शुल्कको माग गर्दा उल्टै विनाकारण मजदुरहरुलाई निष्काशन गरेर बदला लिने काम आँगनले बिगतदेखी गर्दैआएको थियो । बजारमा राम्रो उपस्थिति देखाएको पशुपति फुड्स आँगनले मजदुरमाथी गर्दैआएको निरन्तरको अन्याय बारे पीडित बिरबहादुर साउत अदालतसम्म पुगे । अन्य पीडित कर्मचारीलाई पशुपति फुड्स आँगनले अहिलेसम्म पनि तलब नदिएर अल्मलाइरहेको छ ।

साउत मात्रै होइन, आँगनले धेरै मजदुरमाथी अन्याय गर्दै आएको छ । नेपाली कामदारमाथी बारम्बार धरपकड गरेको यो कम्पनीले भारतीय कामदारलाई भने खाकी च्याप्ने गरेको छ । आँगन मिठाई पशुपति फुड्सबाट दुई समूह आकाश फुड्स र शिव फुड्सले खरिद गरेका थिए । यसमध्येपनि शिव फुड्ससँग पशुपति फुड्सकै बहुसंख्यक लगानी रहेको छ । काठमाडौंका पाँचवटा आउलेटमध्ये आकाश फुड्सले त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्र लिएको थियो । अहिले समस्या आकाश फुड्सकै आँगनको बिक्री केन्द्रमा बढी देखिएको छ । विगतमा यहाँ काम गरेका मजदुरहरु अन्याय भएको गुनासो गरिरहेका छन्, तर मजदुरको पीडालाई सुनुवाई गर्न कसैले चासो देखाएको छैन ।

शिव फुड्सले सञ्चालन गरिरहेको पुतलीसडक, न्युरोड र कमलपोखरीको बिक्री केन्द्रमा सामान्य गुनासो भएपनि आकाश फुड्सले स्वामित्व लिएको आँगनको त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्रमा रहेका ६५ जना नेपाली मजदुरमाथी धरपकड गरेपछि बिवाद अहिलेसम्मै चर्किएको छ । मजदुरप्रतिको दायित्वबाट भाग्दैआएको आकाश फुड्स अहिले पशुपति फुड्न आँगन पहिले नै बन्द भएको बाहाना बनाइरहेको छ । त्रिपुरेश्वरको आकाश फुड्समा अहिले पनि पशुपति फुड्स आँगनकै नाममा मिठाई लगायतका सामाग्रीहरुको प्याकिङ भैरहेका छन् । भित्तामा आकाश फुड्सको नामममा रहेको दर्ता प्रमाण पत्र झुण्डाएर अर्कै नाममा गरिएको बिक्रि र लेबलिङ बारे नियामक निकाय बेमतलबी जस्तै छन् । तर आकाश फुड्स पशुपति फुड्स आँगन बन्द भएको भन्दै मजदुरको तलब दिनबाट भागिरहेको छ ।

आकाश फुड्सले पशुपति फुड्स आँगन पहिले नै बन्द भएको भन्दै अदालती फैशला कार्यान्वयनको म्याद तामेलको पत्र बुझ्न नमानेपछि केही दिनअघि मात्रै काठमाडौं महानगरपालिकास्थित वडा नम्बर ११ का प्रतिनिधिले म्याद तामेलीको पत्र बुझाएपनि अहिलेसम्म फैशला कार्यान्वयन भएको छैन । वडा कार्यालय आफूहरुले कारबाही गर्न नसक्ने पत्र बुझाएर अदालतलाई सहयोग गरेको गैह्र जिम्मेबार जवाफ दिएर पन्छिने गरेको छ । आँगन व्यवस्थापन पक्षले गर्दै आएको ठगी र मजदुरमाथिको अन्याय बारेका तथ्यहरु बारम्बार सार्वजनिक भएपनि सरकारी निकायबाट कारबाही हुन सकेको छैन । बरु एउटा कम्पनी चलाउन सक्दिन, घाटा ब्यहोर्न सकिएन, मजदुरलाई तलब, सुविधा दिन सकिन भन्दै जिम्मेबारीबाट भागेका आकाश दिप भनिने अंकुर अग्रवाललाई आकाश फुड्सको नाममा उस्तै व्यवसाय चलाउने अनुमती दिएर सरकारी निकायले नै मजदुरमाथी अन्याय गर्दैआएका छन् ।

विगतका सञ्चालक मध्येका एक राजेन्द्र देउडा आफू अहिले संलग्न नभएको भन्दै भाग्ने अनि अहिलेका सञ्चालक अग्रवाल नेपाली हटाएर भारतीय राख्ने चलखेलसहित कम्पनी बन्द भएको बहाना गरेर मजदुरप्रतिको दायित्वबाट कहिलेसम्म पन्छिने ? लामो समयसम्म काम गरेका कर्मचारीमाथी पशुपति फुड्स आँगन र आकाश फुड्सले गरेको अन्याय र अदालती फैशला कार्यान्वयनमा गरेको ढिलाईमाथी सरकारी निकायको ध्यान गम्भिर रुपमा पुगोस ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ