Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन !

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन !


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको माहौँल तातिएका बेला नेपालस्थित परराष्ट्र मन्त्रालयले रोक्न निर्देशन दिएको छ । मन्त्रालयले निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

यसअघि विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेटसले मन्त्रालयमा उजूरी परेका थिए । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिइएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको अभियोग लगाइएको थियो । निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडी नबढाउन पनि उजूरीमार्फत समेत माग गरिएको थियो । एनआरएनएका विभिन्न २५ देशका अध्यक्षलगायत प्रतिनिधिहरुको नाम संलग्न गरी गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरू औल्याइएको छ ।

एनआरएनए आइसीसी पूर्व सचिव जानकी गुरुङ, कतारबाट मानार्थ सदस्य नवराज ओली (शनि) र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेलले सो उजुरी दिएका थिए । मन्त्रालयले सो उजुरीलाई आधार मान्दै तत्काल निर्वाचन सम्बन्धि प्रक्रिया अघि नबढाउन र मतदाता नामावली छानविन गर्न एनआरएनए आईसिसिलाई निर्देशन दिएको छ । यता, एनआरएनए केन्द्रीय महासचिव डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयको पत्र र भूमिकाप्रति प्रतिप्रश्न गर्दै नेपाल बाहिर स्थानीय कानून अन्तर्गत दर्ता भएर चलेका राष्ट्रिय समन्वय परिषद्का आन्तरिक मामलामा दूतावास र परराष्ट्र मन्त्रालय यसरी प्रत्यक्ष संलग्न हुनुले धेरै प्रश्न उठाएको बताउँदैआएका छन् । स्थानीय कानून आकर्षित हुने विषयमा आईसीसीले समेत एनसीसीलाई निर्देशन दिने गर्देन यो विषयमा दूतावास र परराष्ट्र मन्त्रालयको दायरा कति हो ?भन्दै महासचिव शर्माले प्रश्न गरेपनी परराष्ट्रले चुनावी अभियानमा हस्तक्षप गरेको छ ।

भदौँ पहिलो साता मात्रै परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय एनआरएनए निर्वाचन उच्चस्तरीय आयोजक समिति गठन गरेको थियो ।

यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ती :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ