Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराजनीतिक दवावमा परराष्ट्रले चुनाव रोक्न गरेको पत्राचार मान्य हुँदैनः अध्यक्ष पन्त

राजनीतिक दवावमा परराष्ट्रले चुनाव रोक्न गरेको पत्राचार मान्य हुँदैनः अध्यक्ष पन्त


काठमाडौं,बार्सिलोना । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्नेगरि पत्राचार गरेको बताउनुभएको छ । प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक नभइकन, दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले एक्कासी निर्वाचन प्रक्रिया रोक्न पत्राचार गरिनु राजनीतिक दबाबले काम गरेको अध्यक्ष पन्तले बताउनुभएको हो ।

एनआरएनएले परराष्ट्रको पत्राचारविरुद्व अदालत जाने चेतावानी समेत दिएको छ । एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्राचारसहितको निर्देशन दिएको थियो । भदौ २५ गते पठाइएको पत्रमा बिवादबारे छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत गराइएको छ । परराष्ट्र मन्त्रालयका एनआरएनए डेस्क हेर्ने सहसचिव भरतकुमार रेग्मीसँग कुराकानी भइराखेको जानकारी दिदै अध्यक्ष पन्तले दलहरुको निर्देशनमा चल्न थाले एनआरएनए ध्वस्त हुने बताउनुभयो । एनआरएनएलाई राजनीतिकरण नगर्न अनुरोध गरिएको भन्दै अध्यक्ष पन्तले अहिले एनआरएनएमा राजनीतिकरण गर्न खोज्ने र गर्न नदिनेबीच लडाईं चलिरहेको जानकारी दिनुभयो । परराष्ट्रका सहसचिवले काठमाडौंमा आउनुहोस्, टेबुलमा कुराकानी गरेपछि समाधान निस्कन्छ भनेअनुसार आफू काठमाडौँ आउन लागेको समेत अध्यक्ष पन्तले जानकारी दिनुभएको छ ।

एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ भन्दै अध्यक्ष पन्तले पदाधिकारीको बैठकमार्फत अदालत जाने वा नजाने बिषयमा चर्काचर्की भएपनि निर्णयमा पुग्ने जनाउनुभयो । एनआरएनए, जापानको निर्वाचन प्रक्रियाका सम्बन्धमा बिवाद उठेको छ भने अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले निर्वाचनको निश्पक्षतामा प्रश्न उठाउँदै विभिन्न १९ आरोप लगाउँदैआएको छ । परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएकाले नेपाल सरकारसँग समन्वय गरेरै अघि बढ्ने तयारीमा एनआरएनए नेतृत्व जुटेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ