Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना महामारिबाट प्रभावित हुँदैआएको कक्षा १२ को परिक्षा आजबाट सुरु

कोरोना महामारिबाट प्रभावित हुँदैआएको कक्षा १२ को परिक्षा आजबाट सुरु


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का प्रभावित हुँदैआएको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजबाट सुरु हुने परीक्षा परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । परीक्षाको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएपनि कोरोना भाइरस संक्रमण बढेपनि स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले पुनः विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराएर आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा केन्द्रमा सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । कोरोनाका कारण यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिइदैछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुनेछन् । भौतिक रुपमै परीक्षा सञ्चालन गराउनका लागि भन्दै सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप समेत लगाइसकिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ