Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंखुवासभा हत्या प्रकरणमा ५ जनाको संलग्नता, सबै आरोपित पक्राउ

संखुवासभा हत्या प्रकरणमा ५ जनाको संलग्नता, सबै आरोपित पक्राउ


संखुवासभा, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्या प्रकरणमा थप चार अरोपितलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेसँगै ५ जनाको संलग्नता खुलेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको थियो । प्रहरीले ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीको सफल अनुसन्धानका कारण घटनामा संलग्न सबै पक्राउ परेका छन भने अघिल्लो दिन नै हस्तबहादुर कार्कीको योजनामा हत्याको योजना बनेको खुलेको छ । कार्की परिवारका नातेदारबाटै घटाईएको हत्या काण्डमा ठूलो रिसिईबी भन्दा पनि हेपिएको कारण प्रधान देखिएको छ । उत्कृष्ठ अनुसन्धान गरेको भन्दै मादी घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई नगदसहित सम्मान नै गरिएको छ ।

दुई साता अघि मादी नगरपालिका–१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको अवस्थामा शब भेटिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ