Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगायिका इन्दिरा जोशीको खुम्बुमा सरप्राइज इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीको खुम्बुमा सरप्राइज इन्गेजमेन्ट


काठमाडौं । गायिका इन्दिरा जोशीले केही महीना पहिले मात्रै आफू सिंगल नरहेको खुलासा गरिन । आफू कसैसँगको प्रेममा रहेको बताएकी इन्दिराले प्रेमी बारे भने केही खुलाएकी थिइनन् । प्रेममा रहेको खुलाशा गरेको केही महीनामै सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्दिराले सरप्राइज इन्गेजमेन्टको औंठी लगाइदिएका छन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन पुगेको मौकामा इन्दिरा र फेसन डिजाइनर शरद केडिया बीच इन्गेजमेन्ट भएको हो । हेलिकोप्टरमार्फत मार्फत सोलुखुम्बु पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै रहेको बताइएको छ । हेलिकोप्टरका पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । यी दुई जनाले केही महीनायता डेट गरिरहेपनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गरेका छैनन ।

गायिका जोशीले चाहिँ इन्गेजमेन्ट नभएर प्रेम प्रस्तावलाई स्वीकारेको दावी गरेकी छिन् । तर उनीहरु केही वर्षदेखि डेटिङमा छन् र केही महीना पहिले इन्दिराले आफू प्रेम सम्बन्ध रहेको भन्दै औंठी सार्वजनिक गरेकी थिइन् । अहिले भिडियो सार्वजनिक हुनुलाई सरप्राइजका रुपमा हेरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ