Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुटु रोगबाट बच्न खानपान र जीवनशैली सुधारौँ : डा. कोइराला

मुटु रोगबाट बच्न खानपान र जीवनशैली सुधारौँ : डा. कोइराला


काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन आग्रह गर्नुभएको छ । मुटु रोगका कारण देशभर बर्सेनि ३० हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्यांक छ ।

मुटु रोग लाग्न नदिन खानपान तथा जीवनशैली परिवर्तन गर्न डा. कोइरालाले आग्रह गर्नुभएको छ । रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन सके मुटु लगायतको आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने चिकित्सकहरु बताउँछन् ।

लायन्स क्लब अफ काठमाडौं लर्डबुद्धको आयोजना र मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ठ सेन्टर तथा नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्च मावि लायकु मध्यपुर थिमी ४ मा जनचेतनामूलक कार्यक्रम तथा मुटु तथा दन्त शिविर सञ्चालन गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ