Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वयुवराज पारस शाहको पोखरास्थित डेरामा चोरी, काठमाडौंमा अभियुक्त पक्राउ

पूर्वयुवराज पारस शाहको पोखरास्थित डेरामा चोरी, काठमाडौंमा अभियुक्त पक्राउ


काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित डेरामा चोरी गर्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् । पोखराको लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरि गरेको अभियोगमा प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शाहको निवासबाट क्यामरा २ थान, आइप्याड २ थान, दुरविन र नोकिया सेट चोरी भएको थियो । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको पाइएसँगै पक्राउ गरिएको परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । पक्राउ परेका गौतम शाहको निवासका काम गर्ने कामदार हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका– २६ मित्रनगरस्थित न्यू राप्ती गेस्टहाउसबाट पक्राउ गरेका गौतमलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

अचम्मको कुरा चोरी भएको ठाउँ पोखरामा भने प्रहरीलाई कुनै पनि जानकारी छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहनुभएका प्रहरी उपरीक्षक जीवन श्रेष्ठ घटना बारे कुनै पनि उजूरी नपरेको र जानकारी समेत नभएको बताउनुहुन्छ । विभिन्न युवतीसँग नाम जोडिएर चर्चासँगै बिवादमा तानिनेगर्नुभएको पूर्वयुवराज शाह अधिकांश समय पोखरास्थित डेरामा बस्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ