भारतमा रोकिएको १० लाख डोज कोभिसिल्ड खोप आइतबार नेपाल आउँदै

काठमाडौं । कोरोनाविरुद्धको खोप उत्पादक भारतीय कम्पनी सेरोमसँग खरिद सम्झौता भएर पनि उपलब्ध नभएको १० लाख डोज कोभिसिल्ड खोप आइतबार नेपाल आईपुग्दैछ ।
सेरमसँग खरिद भएको २० लाख डोजमध्ये ल्याउन बाँकी १० लाख डोज झण्डै ९ महिनापछि नेपाल पठाउन कम्पनी तयार भएको हो । यसअघि कोरोना महामारीको दोस्रो लहर जारी रहँदा कम्पनीमा आगलागी भएको कारण देखाउँदै सेरमले तत्काल कोभिसिल्ड दिन असमर्थ रहेको बताएको थियो । कोभिसिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनिकाको दोस्रो डोज दिइएको थियो । भारतले कोभिसिल्ड खोप निर्यात खुला गरेपछि नेपालले खरिद गरेको बाँकी डोज खोप आउन लागेको हो ।
तपाईको प्रतिक्रिया