Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआजबाट दशैं बिदा हुँदै, बुधबारबाट मात्रै कोजाग्रत पूर्णिको ब्रत सुरु हुने

आजबाट दशैं बिदा हुँदै, बुधबारबाट मात्रै कोजाग्रत पूर्णिको ब्रत सुरु हुने


काठमाडौं । बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । आज दशैंको टीका र जमरा लगाउने अन्तिमदिन हो ।

आश्विन शुक्लदशमी अर्थात् विजया दशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ । आज बेलुकी बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु शास्त्रसम्मतहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्रामबसी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरेपछि १५ दिनलामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं समाप्त गर्ने प्रचलन रहिआएको छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्ति स्नान भने बुधबारदेखि सुरु हुने बताइएको छ । चन्द्रमास अनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाश दीपदान समेत गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ