Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविराटनगर विमानस्थलमा बाढी पस्यो, उडान रोकिदा मारमा हवाई यात्रु

विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान रोकिदा मारमा हवाई यात्रु


काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । बाढी र वर्षातको पानी पसेर विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान रोकिएका छन् । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्द गरेको जानकारी गराएका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । विराटनगरमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान भर्दै आएको थियो । बुद्धले विराटनगरको विकल्पमा भद्रपुरमा उडान थपेको छ । भद्रपुर विमानस्थबाट यात्रुले आवतजावत गर्नसक्नेछन् । बुद्धले भद्रपुरमा दैनिक पाँच उडान भर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको माग अनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन् ।

हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ । यसको प्रभाव देशैभर पर्दा कार्तिकमै बाढी, पहिरो र डुबानको जोखिम व्यहोर्नुपरेको छ ।

तस्विर : एमडी निजेम



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ