Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवैशाखयता विपद्जन्य घटनामा परेर ३ सय ५३ जना नेपालीले गुमाए ज्यान, ८० जना वेपत्ता

वैशाखयता विपद्जन्य घटनामा परेर ३ सय ५३ जना नेपालीले गुमाए ज्यान, ८० जना वेपत्ता


काठमाडौं । यो वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाखयताको विपद्धमा परेर ८० जना हराइरहेका छन् ।

सबैभन्दा बढी पहिरोमा परेर १६१ जनाको ज्यान गएको छ । यस्तै, बाढीबाट ५२ र चट्याङ्ग लागेर ४९ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महामारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० जनामध्ये पहिरोमा ४२ र बाढीमा परेर ३७ जना छन् ।  प्राधिकरणका अनुसार यस अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कुल एक हजार २ सय ८४ जना घाइते भएको विवरण सरकारसँग रहेको छ । कुल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने एक अर्ब रूपैयाँ बढीको क्षति भएको आँकलन गरिएको छ ।

कार्तिक सुरु भएपछिको बेमौसमी वर्षाका कारण मात्रै १ सय ११ जनाले ज्यान गुमाएका छन् भने ३५ जना बेपत्ता भएका छन् । मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए । यो वर्ष बेमौसमी वर्षाले झन ठूलो क्षति गराएको छ । मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो । अहिलेको वर्षाले भने किसाले लगाएको धानखेतीमा ठूलो क्षति पुगेको छ ।

पछिल्लो बाढी पहिरोबाट भएको सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ