Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमिस युनिभर्स नेपाल २०२१ को ताज अमेरिका निवासी सुजिता बस्नेतलाई

मिस युनिभर्स नेपाल २०२१ को ताज अमेरिका निवासी सुजिता बस्नेतलाई


काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को ताज सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका पनि भैसकेकी सुजिताले १० लाख रुपैयाँ नगदसहितको उपाधी जितेकी हुन । योसँगै सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा भाग लिने मौका पाएकी छिन् ।

निनाकान्त मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप घोषित भए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुजिता विभिन्न सामाजिक कार्यमा पनि संलग्न रहँदै आएकी थिइन् । विदेशलाई कर्मभूमि बनाएपनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको सुजिता बताउँछिन ।

यसपटक पूर्वमिस इन्डिया ऋतुसिंह वैद्य, मेकअप आर्टिस्ट स्नेह राणा, गायिका इन्दिरा जोशी, पत्रकार सरिताश्री ज्ञवाली, पूर्वमिस नेपाल इशानी श्रेष्ठ र कर्पोरेट ट्रेनर मानसी अग्रवाल सहितका ६ जना निर्णायक मण्डलले उपाधिको छिनोफानो गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ