Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्यमन्त्री नबन्दै मदिराको चुस्किमा खुसियाली, सामाजिक सञ्जालमा चर्को आलोचना !

मुख्यमन्त्री नबन्दै मदिराको चुस्किमा खुसियाली, सामाजिक सञ्जालमा चर्को आलोचना !


काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्ने लगभग पक्का भएपछि नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले सोमबार साँझ खुसीयाली साटासाट गर्न पार्टीको आयोजना गरे । अल्पमतमा परेसँगै ६८ दिनको कार्यकालपुरा गरेका मुख्यमन्त्री भिम आचार्यले सोमबार राजीनामा दिएपछि राईले प्रदेश प्रमुखसमक्ष बहुमतसहित गठबन्धनको तर्फबाट दाबी पेश गरेका थिए ।

दाबी पेश गरेसँगै मुख्यमन्त्री बन्ने पक्का भएपछि आफन्त र केही साथीहरुसँग राईले खुसीयाली साटेका हुन् । तर, मुख्यमन्त्री बन्न लागेका राईले मदिराको चुक्सीले खुसीयाली मनाउदा सामाजिक सञ्जालमा चर्को आलोचना सहनुपरेको छ । इटहरीको महंगो होटल इन टुरिष्टमा पार्टी आयोजना गरेका राईले शुभेच्छुकले उपलब्ध गराएको केक काटेर खुशी साटेका थिए । केकमा राईलाई ‘प्रदेश १ को मुख्यमन्त्री बनेकोमा बधाइ’ लेखिएको थियो । उनले स्याम्पेन पनि फोडे । पार्टीमा राईकी पत्नी शोभा पाठक पनि सहभागी थिइन् । राई दम्पत्तिले संयुक्तरुपमा मदिराको चुस्की लिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । पार्टीमा करिब एक दर्जन व्यक्तिको उपस्थिति मदिरा पार्टीमा देखिन्छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले केन्द्र सरकारमा आफनो पार्टी सहभागी भएपछि मदिरा नपिउन र बद्नाम हुने कुनै काम नगर्न निर्देशन दिएका थिए । तर, राईले अध्यक्षको निर्देशन बिर्सेर मदिरा पार्टीमा रमाएको भिडियो यतिबेला भाइरल हुँदा एमालेसँग सम्बन्ध बिच्छेद गरेर अघि बढ्दै गरेको एकिकृत समाजवादीप्रति नै गम्भिर प्रश्न उब्जिएको छ । मुख्यमन्त्री बन्न नपाउँदै मदिरामार्फत खुसीयाली मनाउने राईलाई सर्वसाधारणले कसरी हेर्लान ? खुसियाली बिवादमा आएपनि कार्यकाल बिवादित नहोस्, यहि छ कामना ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ