Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा अड्किएका टिआरवालालाई भिषा थप्न दिने अष्ट्रेलियाको निर्णय

नेपालमा अड्किएका टिआरवालालाई भिषा थप्न दिने अष्ट्रेलियाको निर्णय


ब्रिजवेन/कोभिडका कारण टिआर भिषामा विदेशमै अड्किएकाहरुलाई अष्ट्रेलियाले दोस्रो पटक उही भिषा दिने भएको छ । अष्ट्रेलियामा ब्याचलर वा त्यसभन्दा माथिल्लो तहको अध्ययन सकाएका विद्यार्थीलाई सरकारले २ देखि ४ वर्षको पोष्ट ग्रयाजुएट सबक्लास ४८५ भिषा दिन्छ । टेम्पोरेरी रेजिडेण्ट टिआर समेत भनिने चिनिने यस भिषामा विद्यार्थीले जतिपनि काम गर्न पाउछन् भने यहि अवधीमा आफुले अध्ययन गरेको क्षेत्रमा काम खोजेर अनुभव बटुल्ने गर्छन ।

भविष्यमा पिआर लिन वा विश्व बजारमा आफुलाई अब्बल उतार्न यो भिषा निकै महत्वपुर्ण मानिन्छ । तर, कोभिडका कारण यस भिषा लिएर आफ्नो देश फर्किएका ३० हजार भन्दा बढी विद्यार्थी लकडाउनले उतै अड्किएका छन् । उनीहरुमध्ये अधिकांशको टिआर भिषा सकिएको छ । अब के गर्ने भन्ने पिरोलोमा परेका विद्यार्थीहरुको समस्यालाई समाधान गर्न सरकारले दोस्रो पटक उही भिषा दिने निर्णय गरेको हो ।
हिजो शिक्षामन्त्री एलन टग र अध्यागमन मन्त्री एलेक्स हकले संयुक्त रुपमा जारी गर्नु भएको प्रेस वक्तव्यमा सन् २०२० को फेब्रवरी भन्दा पछि भिषा सकिएकाहरुलाई पुन उहि भिषा दिने लेखिएको छ ।
त्यस्तै सरकारले स्नातकोत्तर अध्ययन सकेका विद्यार्थीलाई २ वर्षको साटो तीन वर्षका लागि टिआर भिषा दिने निर्णय समेत गरेको छ । त्यस्तै भोकेसनल भेट अध्ययन गरेका विद्यार्थीले समेत अब २ वर्षको टिआर पाउने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ