Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए कुइन्सल्याण्ड फुटवल कप टोओम्बामा । विजेताले पाउनेछन् ४ हजार डलर

एनआरएनए कुइन्सल्याण्ड फुटवल कप टोओम्बामा । विजेताले पाउनेछन् ४ हजार डलर


ब्रिजवेन/पहिलो एनआरएनए कुइन्सल्याण्ड फुटवल कप टोओम्बामा हुने तय भएको छ । एनआरएनए कुइन्सल्याण्ड र टोओम्बा नेपलिज फुटवल क्लब टिएनएफसीले संयुक्त रुपमा कपको आयोजना गर्न लागेको हो । खेल डिसेम्बर १२ तारिख टोओम्बामा हुने छ । एक दिवसिय फुटवल कपमा कुइन्सल्याण्डभरीका १४ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

सात सात वटा टिमको समुह ए र समुह बिमा विभाजन गरि लिग खेल हुने क्लबका अध्यक्ष कृष्णराम अवालले जानकारी दिनुभयो । अवालका अनुसार समुह एको विजेताले समुह बिको उपविजेता र समुह बिको विजेताले समुह एको उपविजेतासंग सेमिफाइनल खेल खेल्नेछन् । यसका दुइ विजेताबिच फाइनल खेल हुनेछ । प्रत्येक खेल २५ मिनेटको हुने बताइएको छ । विजयी टिमले ४ हजार र उपविजेताले १५ सय डलर र शिल्ड पुरस्कार पाउनेछन् । नेपालीको ठुला प्रतियोगिताहरु धेरै जसो ब्रिजवेनमा हुने भएकाले ग्रँमिण भेगमा पनि यस्ता खेलको आयोजना गर्न सकिन्छ भन्ने प्रमाणित गर्न यसपाली टोओम्बामा कपको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अवालले बताउनुभयो । प्रतियोगितालाई मेट्स इन्टरनेशनल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ