Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु,२८ जना घाइते

जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु,२८ जना घाइते


काठमाडौं । जाजरकोटमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर २८ जना घाइते भएका छन्।

जाजरकोटका डिएसपी मधुकुमार थापाले आइतबार बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराचउरमा बस पल्टिएर दुर्घटना भएको जानकारी दिनुभयो । नेपालगञ्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना६ख २७५७ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमध्ये शेरबहादुर परियार, विद्या शाही (वर्ष चार, रुकुम पश्चिम) र सप्तरीका गंगाराम यादव (शिक्षक) को पहिचान खुलेको प्रहरीले जानकारि दिएको छ। अरु दुईजनाको पहिचान हुन बाँकी रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

घाइतेहरुको खलंगा अस्पतालमा उपचार भइरहेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ