Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नी आएका २ यात्रुलाई ओमिक्रोन कोरोना संक्रमण पुष्टी

सिड्नी आएका २ यात्रुलाई ओमिक्रोन कोरोना संक्रमण पुष्टी


सिड्नी/दक्षिण अफ्रीकाबाट सिड्नी आएका दुइ यात्रुमा कोरोनाको नया प्रजाति ओमिक्रोन संक्रमण पुष्टी भएको छ । न्यु साउथ वेल्स हेल्थले दिएको जानकारी अनुसार उनीहरुलाई हाल विशेष आवासमा राखिएको छ । कोरोनाको दुबै खोप लगाएका यी दुइ यात्रु शनिवार दक्षिण अफ्रिकाबाट सिड्नी आएका थिए । उनीहरुसंगै आएका अन्य १२ जनालाई पनि विशेष क्वारेन्टिनमा राखिएको छ ।

त्यस विमानमा आएका २६० जना यात्रु र विमान चालक दलका सदस्यहरुलाई पनि क्लोज कन्ट्याकको रुपमा आइसोलेसनमा बस्न निर्देशन दिइएको छ । अब विदेशबाट न्यु साउथ वेल्स आउने पुरा खोप लगाएका यात्रुले पनि ३ दिन क्वारेन्टिन बस्नुपर्नेछ । क्वारेन्टिन घरमा वा होटलमा जहाँ बसेपनि हुनेछ ।  यस अघि न्यु साउथ वेल्स, भिक्टोरिया र क्यानबेराले दुबै खोप लगाएका विदेशबाट आउने यात्रुले ७२ घण्टा आइसोलेनसमा बस्नुपर्ने नियम लागु गरेका थिए ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ