Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १ मा सिमा खोल्ने कि नखोल्ने निर्णय गर्न आपतकालिन बैठक बस्दै

डिसेम्बर १ मा सिमा खोल्ने कि नखोल्ने निर्णय गर्न आपतकालिन बैठक बस्दै


क्यानबेरा/प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको नयाँ प्रजाति ओमिक्रोनले पार्ने असर बारे निर्णय लिन निकै चाडो हुने बताउनुभएको छ । यस भाइरसबारे धेरै कुरा थाहा नभएकाले आत्तिने भन्दा पनि संयम र सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । ओमिक्रोन भाइरस बारे तथ्य र सुचनाहरु संकलन गर्ने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाई छ । यसअघि पनि अष्ट्रेलियामा धेरै खाले प्रजातिका कोरोना भाइरस भेटिसकेको भन्दै अष्ट्रेलिया अहिले पहिलेको जस्तो अवस्थामा नरहेको समेत जिकिर गर्नुभयो । अहिले अष्ट्रेलियामा दुबै खोप लगाउने १६ वर्षभन्दा माथिको संख्या ८६ प्रतिशत नाघिसकेको भन्दै प्रधानमन्त्रीले नआत्तिन आग्रह गर्नुभयो ।

यसैबिच डिसेम्बर १ बाट विद्यार्थी, दक्ष कामदार लगायत २८ वटा भिषाधारीका लागि खुल्न लागेको सिमा के गर्ने भन्ने अन्यौता छाएको छ । डिसेम्बर १ बाट सो भिषाधारी पुरा खोप लगाउनेहरुलाई आउन दिने घोषणा भएको थियो । यसबारे निर्णय लिन प्रधानमन्त्रीले राष्ट्रिय मन्त्रिपरिषदको आपत्तकालिन बैठक बोलाउनु भएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा समितिको समेत बैठक बस्दै छ । आज अबेर वा भोली बिहानसम्म बैठक बसेर डिसेम्बर १ मा सिमाना के गर्ने भन्ने निर्णय गरिने बताइएको छ । ओमिक्रोन देखिएसंगै अष्ट्रेलियाले दक्षिण अफ्रिकाका ९ देशसंग सिमा बन्द गरिसकेको छ भने, अन्य देशबाट आउने पुरा खोप लगाएका यात्रुलाई ७२ घण्टा आइसोलेसनमा बस्नुपर्ने नियम लागु भइसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ