Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहोला त २६ डिसेम्बरमा एनआरएनएको निर्वाचन ? तत्काल गर्न चौतर्फी दबाब

होला त २६ डिसेम्बरमा एनआरएनएको निर्वाचन ? तत्काल गर्न चौतर्फी दबाब


काठमाडौं । गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन भन्दै दबाब बढाउन थालेका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएका लागि अध्यक्षका प्रत्यासी बनेका कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामार्फत तत्काल निर्वाचनको माग उठेको हो ।

गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छलिलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताउनुभयो । संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा बढाएको भन्दै बिवाद बढाउन नहुने उहाँको धारण थियो । एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले समेत एकले अर्कोलाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गर्नुभयो । संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिनुभएका अधिकारिले विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गर्नुभयो ।

एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिनुभएको थियो । संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको उहाँको जिकिर थियो । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिनुभयो । संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचनका लागि समिति गठन गरेर छिट्टै निर्वाचन घोषणा हुनुपर्ने माग गर्नुभयो ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा निर्वाचन गर्नेगरि मिति तय भएको छ । नेतृत्वका लागि डां.बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ