Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaउत्तरी क्वीन्सल्याण्डका साना सहरका सिनेमाघरहरु बन्द हुने अवस्थामा,कारण यस्तो

उत्तरी क्वीन्सल्याण्डका साना सहरका सिनेमाघरहरु बन्द हुने अवस्थामा,कारण यस्तो


ब्रिजबेन । कोरोना महामारि र ग्राहकमा आएको परिवर्तित आनिबानीका कारण अष्ट्रेलियाको उत्तरी क्वीन्सल्याण्डका साना सहरका सिनेमाघरहरु बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना महामारि, चलचित्र वितरण सम्झौतामा भएको कडाई र अनलाइन स्ट्रिमिङ बूमका कारण सिनेमा हलहरु धरासायी हुने अवस्थामा पुगेको पाइएको हो ।

इन्गामको (Ingham) को एक मात्र सिनेमा एक वर्ष लगभग ७० हजार डलर बराबरको घाटा ब्यहोरेको छ । सन २०२० मा मात्रै अष्ट्रेलियाको बक्स अफिस राजश्व ६७ प्रतिशतले घटेको सरकारी रेकर्डले नै देखाएको छ । सरकारको रणनीतिक कार्यक्रम र सामाजिक मिडियाका गतिबिधिले सिनेमा हलका गतिबिधि जोगाउन सक्ने भएपनि निक्कै ढिलाई भैसकेको छ । टाउन्सभिलको डेढ घण्टा उत्तरमा रहेको इङ्घममा, शहरको एक मात्र तस्वीर थिएटरले दशकौंको सञ्चालन पछि अन्तिम चलचित्र प्रदर्शन गरेको प्रबन्धक जर्मेन शेहानले बताउनुभयो ।

इन्गाम (Ingham) पिक्चर थिएटर जस्ता साना हलहरु फिल्म वितरण सम्झौतामा गरिएको कडाईका कारण उठ्न नसक्नेगरि थलिएका छन् । यो योजनाले अब अस्थानीय ग्राहक समेत ठूलो धनरासी खर्चेर ठूला शहरी क्षेत्रमा जान बाध्य हुनेछन् । ‘जब सिनेमाघरहरू खुल्यो, हाम्रो ग्राहक आधार फिर्ता ल्याउन धेरै ढिलो भैसकेको थियो, किनकि उनीहरू अब सिनेमामा नआउने बानी परेका थिए’, शेहानले बताउनुभयो । सानो सहरका हल बन्द हुनु व्यवसायीका लागि मात्रै नभई स्थानीय ग्राहका लागि समेत ठूलो क्षती भएको कतिपयको बुझाई छ ।

क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीको डिजिटल मिडिया रिसर्च सेन्टरका टेस भान हेमर्टले सिनेमा उद्योगले कोरोना महामारि अघि नै संकटको संकेत देखाउँदै आएको बताउनुभयो । महामारी पछिको डिजिटल युगमा चलचित्र थिएटरहरू कसरी बाँच्न सक्छन् भनेर अनुसन्धान गरिरहेको जानकारी दिदै स्ट्रिमिङ सेवाहरूले बजारलाई थप प्रतिस्पर्धी बनाउँदा राज्य सरकारले पनि उचित व्यवस्थाका बारेमा ध्यान दिनुपर्ने बताउनुभयो । समाचार श्रोत : abc.net.au/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ