Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअमेरिकी विदेशमन्त्री ब्लिन्केन र अष्ट्रेलियाका विदेशमन्त्री पेनेबीच किन भयो भेटवार्ता ?

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र अष्ट्रेलियाका विदेशमन्त्री पेनेबीच किन भयो भेटवार्ता ?


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो–प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न भन्दै अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेटवार्ता गर्नुभएको छ ।

लिभरपुलमा भएको भेटवार्तापछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्वीटरमा लेख्नुभएको छ —”आज मेरो असल साथी @MarisePayne सँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले शान्तिपूर्ण र सुरक्षित इन्डो-प्यासिफिक, कोभिड-१९ आर्थिक पुनःउत्थान र यस क्षेत्रका हाम्रा नागरिकहरू र साझेदारहरूका लागि नतिजाहरू प्रदान गर्न र सहयोग गर्न दुवै राष्ट्रहरूको गहिरो प्रतिबद्धतालाई पुन: पुष्टि गर्यौं।”

बेलायतमा सम्पन्न औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को विदेश मन्त्रीहरुको बैठकको क्रममा दुवै नेताबीच भेटवार्ता भएको हो । भेटमा अमेरिका–अष्ट्रेलिया गठबन्धनलाई अझ गहिरो बनाउने, जलवायु परिवर्तनको जोखिम न्युनिकरणमा साझेदरी, , विश्वभर लोकतन्त्रको रक्षा, सुदृढीकरण र नवीकरण जारी राख्न समान विचारधाराका सहयोगी र साझेदारहरूको आवश्यकताबारे गहिरो कुराकानी भएको बताइएको छ । भेटका क्रममा युक्रेन विरुद्ध रुसको चलिरहेको आक्रामक रणनीति बारे पनि चिन्ता व्यक्त गरेको जनाइएको छ ।

धम्की वा जबरजस्तीको सहारा नगरी क्रस—स्ट्रेट मुद्दाहरूको शान्तिपूर्ण समाधानको लागि समर्थन दोहोर्याउँदै विश्वव्यापी स्वास्थ्य विकासमा ताइवानको महत्त्वपूर्ण योगदानमा समेत यी दुई नेताहरुले जोड दिएका छन् । भेट बारेको जानकारी गराउन जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै नेताले यस क्षेत्रमा संयुक्त प्रयास गर्न र कोभिड–१९ बाट ग्रस्त क्षेत्रको राम्रोसँग पुनः निर्माण गर्न प्रतिवद्धता जनाएका छन् ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ