Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा अब सजिलै पि आर । अग्रेजी र पढाइ कमजोर हुनेलाई फाइदा

अष्ट्रेलियामा अब सजिलै पि आर । अग्रेजी र पढाइ कमजोर हुनेलाई फाइदा


सरल गुरुङ/सिड्नी

अष्ट्रेलियामा पि आर लिएर स्थायी बसोबास गर्ने सोचमा हुनुहुन्छ भने अहिले गतिलो मौका जुरेको छ । अष्ट्रेलियन सरकारले नर्दन टेरिटोरी राज्य र भिक्टोरिया राज्यका वारनामवोल क्षेत्रमा  स्थायी बसोबासका लागि मध्यमस्तरका सिप ( स्किल लेभल ३ र ४ )  भएका मानिसलाई पनि पिआर दिन लागेको छ । (छनोटमा परेका दक्ष कामको सुची हेर्न यहा थिच्नुहोस)

अष्ट्रेलियन सरकारले हालै जारी गरेको सुचनामा मध्यमसहित १ सय १७ पेशा र सिपलाई पि आर सूचिमा राखेको छ ।
सन् २०१९ जनवरी १ बाट लागू हुने गरि जारी गरिएको उक्त कार्यक्रमलाई डेजिग्नेसन एरिया माईग्रेसन एग्रिमेन्टस् (डामा )  भनिन्छ । डामा अन्तर्गत नेपालीले अष्ट्रेलियामा सबैभन्दा धेरै काम गर्ने क्षेत्र एज केयर, बारिष्टा, चालक र फ्रोक लिफ्टिङ समेत परेको छ । त्यस्तै कुक, मोटर मेकानिक, डे केयर वर्कर, व्युटि थेरापिष्ट पनि पि आर पाउने भएका छन् ।

डामा अन्तर्गत योजनामा पि आर पाउनका लागि नर्दन टेरिटोरीमा तीन वर्ष बस्नु पर्नेछ । सिड्नी, मेलवर्न जस्ता ठुला शहरमा आप्रवासीहरुको संख्या बढेसंगै सरकारले जनसंख्या कम भएको स्थानमा पि आर योजना ल्याएर व्यवस्थापन गर्दै आएको छ ।
यो योजनाले ठुला शहरमा केन्द्रित आप्रवासीहरुको भिडलाई अन्य साना शहरहरुमा व्यवस्थापन गर्न टेवा पुग्ने बताइएको छ ।

डामा योजनाले अग्रेजी कमजोर भएका र पढाइमा राम्रो गर्न नसकेका नेपालीहरुलाई निकै फाइदा पुग्ने प्रिमो एजुकेशन तथा भिसा सर्भिसेसका माइग्रेसन एजेण्ड दिनेश पराजुलीले बताउनुभयो । डामा अन्तर्गतको भिषा पाउनका लागि आवेदकले सबैभन्दा पहिला सम्बन्धित क्षेत्रको जागिर पाउनुपर्ने हुन्छ ।
तर, इ प्लानेट एजुकेसन तथा भिसा सर्भिसका माइग्रेसन एजेण्ट हिरा कडेल भने डामाबाट पि आर पाउन बाहिर हल्ला भएजस्तो सजिलो नभएको बताउनुहुन्छ । प्रत्येक पेशा र सिप अनुसार अग्रेजी भाषा, तलब र अनुभवको मापदण्ड फरक फरक भएको कडेको भनाई छ । डामा भिषामा जाने हो भने अनुभव प्राप्त रजिष्टर माइग्रेसन एजेण्डहरु संग परामर्श लिदा राम्रो हुने उहाको भनाई छ ।

नर्दन टेरिटोरी र भिक्टोरिया राज्यको वारनामवोल क्षेत्रले कामदारको अभाव झेलिरहेको छ । त्यसैले पनि डामा योजनाले त्यस भेगको जनसंख्या वृद्धीमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।
डामा कार्यक्रम नर्दन टेरिटोरीमा दोस्रो पटक लागू भएको हो । स्थानिय संचारमाध्यम एसविएससंग कुरा गर्दै अध्यागमन मन्त्री डेविड कोलम्यानले अष्ट्रेलियाको आप्रवासी नीतिले निश्चित क्षेत्रलाई कसरी फाइदा पु¥याउन सक्छ भन्ने डामा योजना गतिलो उदाहरण हुन सक्ने बताउनुभयो । राज्य, क्षेत्र र दुर्गम भेगको आवश्यकता पुरा गर्न आप्रवासी नीतिलाई अझै परिमार्जित गर्र्दै लाने सरकारको तयारी रहेको पनि उहा“को भनाई थियो । जागिरका लागि पहिलो प्राथमिकता अष्ट्रेलियन नागरिक नै भएपनि, आप्रवासीहरुको आगमनले दुर्गम भेगमा दक्ष कामदारको मागलाई पुरा गर्न मद्धत गर्ने मन्त्री कोलम्यानको भनाई छ ।

NT DAMA II Occupation List Occupations

Accountant (General)
Accounts Clerk
Aeroplane Pilot
Aged or Disabled Carer
Agricultural and Horticultural Mobile Plant Operator
Airconditioning and Refrigeration Mechanic
Aircraft Maintenance Engineer (Avionics)
Aircraft Maintenance Engineer (Mechanical)
Aquaculture Farmer
Arborist
Automotive Electrician
Baker
Bar Attendant Supervisor
Barista
Beauty Therapist
Beef Cattle Farmer
Bookkeeper
Bus Driver
Butcher or Smallgoods Maker
Cabinetmaker
Cabler (Data and Telecommunications)
Cafe or Restaurant Manager
Carpenter
Chef
Chief Executive or Managing Director
Child Care Centre Manager
Child Care Worker
Civil Engineering Technician
Community Worker
Conference and Event Organiser
Cook
Cook (includes Ethnic Cuisine)
Crowd Controller
Customer Service Manager
Deck Hand
Dental Assistant
Diesel Motor Mechanic
Disabilities Services Officer
Diver
Early Childhood (Pre-primary School) Teacher
Earth Science Technician
Earthmoving Plant Operator (General)
Electrical Linesworker
Electronic Instrument Trades Worker (General)
Excavator Operator
Facilities Manager
Family Day Care Worker
Family Support Worker
Fitter (General)
Fitter and Turner
Fitter-Welder
Floor Finisher
Flying Instructor
Forklift Driver
Fruit or Nut Grower
Gaming Worker
Hair or Beauty Salon Manager
Hairdresser
Hardware Technician
Hotel or Motel Manager
Hotel or Motel Receptionist
Hotel Service Manager
ICT Customer Support Officer
ICT Support Technicians nec
Interpreter
Landscape Gardener
Licensed Club Manager
Linemarker
Management Accountant
Marketing Specialist
Metal Fabricator
Mixed Crop and Livestock Farmer
Mixed Crop Farmer
Mixed Livestock Farmer
Motor Mechanic (General)
Motor Vehicle or Caravan Salesperson
Motor Vehicle Parts and Accessories Fitter (General)
Motor Vehicle Parts Interpreter
Motorcycle Mechanic
Nursing Support Worker
Office Manager
Out of School Hours Care Worker
Panelbeater
Personal Care Assistant
Pharmacy Technician
Plumber (General)
Pressure Welder
Program or Project Administrator
Property Manager
Recreation Officer
Residential Care Worker
Retail Manager (General)
Retail Supervisor
Sales and Marketing Manager
Sheetmetal Trades Worker
Ship’s Engineer
Ship’s Master
Small Engine Mechanic
Sound Technician
Supply and Distribution Manager
Taxation Accountant
Telecommunications Cable Jointer
Telecommunications Linesworker
Telecommunications Technician
Therapy Aide
Tour Guide
Truck Driver (General)
Vegetable Grower
Vehicle Painter
Veterinary Nurse
Waiter Supervisor
Waste Water or Water Plant Operator
Web Administrator
Web Designer
Welder (First Class)
Welfare Worker
Youth Worker



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ