नेपालबाट अष्ट्रेलियाको कुइन्सल्याण्ड यसरी आउन सकिन्छ
सिड्नी र मेलवर्न आएको १४ दिन पछि आउन पाइने
ब्रिजबेन/पुरा खोप लगाएका विद्यार्थीहरु नेपालबाट सिधै सिड्नी र मेलवर्न आइरहेका छन् । तर, अष्ट्रेलियाको तेस्रो ठुलो राज्य कुइन्सल्याण्डले भने विद्यार्थीका लागि सिमाना खुल्ला गरेको छैन । के त्यसो भए सिड्नी वा मेलवर्न आएर कुइन्सल्याण्ड (ब्रिजवेन) आउन मिल्दैन त ? यो प्रश्न धेरैले हामीलाई सोध्नु भएको छ । यो प्रश्न हामीले कुइन्सल्याण्ड सरकार समक्ष राखेका थियौ ।
सरकारका प्रतिनिधीले दिएको जानकारी तथा कुइन्सल्याण्ड हेल्थको वेवसाइटमा उपलब्ध विवरण अनुसार सिड्नी वा मेलवर्न हुदै विदेशी विद्यार्थीहरु पनि कुइन्सल्याण्ड प्रवेश गर्न सक्छन् । तर, त्यसका लागि केही निश्चित नियमहरु छन् ।
१. नेपालबाट आएको शहर सिड्नी वा मेलवर्नमा स्थानिय नियम अनुसार आइसोलेसन र कोभिड परिक्षण गर्ने ।
२. कुइन्सल्याण्ड सरकारले दिएको जानकारी अनुसार उक्त शहरमा १४ दिन बिताएपछि विदेशी यात्रु तथा विद्यार्थीहरु अन्तरराज्यका यात्रुका रुपमा परिणत हुनेछ ।
३. विद्यार्थी र विदेशी यात्रुले १४ दिन सिड्नी र मेलवर्नमा बिताएपछि अन्तर राज्य यात्रुको हैसियतमा कुइन्सल्याण्ड प्रवेश गर्न पाउनेछन् ।
४. अन्तरराज्य हैसियतका यात्रुले पालना गर्नुपर्ने नियम सबै पालना गर्नुपर्दछ ।
यात्रा गर्नु ७२ घण्टा अघि पिसिआर जाच गरि नेगेटिभ हुुनुपर्छ, पिसिआरको रिपोर्ट आएपछि कुइन्सल्याण्ड इन्ट्रि पास भर्नुपर्छ । पास भर्न यो लिंकमा थिच्नुहोस् । पास आउनका लागि १ घण्टा जति लाग्न सक्छ । कुइन्सल्याण्ड आएपछि पाचौ दिनमा फेरी पिसिआर जाच गर्नुपर्छ । यस बिचमा भिडभाड हुने, सार्वजनिक स्थल, अस्पताल, एजकेयर जस्ता स्थानहरुमा नजादा राम्रो हुन्छ । १४ दिन सिड्नी र मेलवर्नमा बिताए आउदा कुइन्सल्याण्डमा क्वारेन्टिन बस्नुपर्ने नपर्ने सरकारका प्रतिनिधीले नेपालट्युबलाई जानकारी दिनुभयो । photo-Brisbane City Council
थप जानकारीका लागि यो लिंकमा उपलब्ध विवरणहरु पढ्नुहोस्
तपाईको प्रतिक्रिया