Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशबाट सिड्नी र मेलवर्न आउने यात्रुले ७२ घण्टा आइसोलेसनमा बस्नु नपर्ने

विदेशबाट सिड्नी र मेलवर्न आउने यात्रुले ७२ घण्टा आइसोलेसनमा बस्नु नपर्ने


ब्रिजवेन/विदेशबाट पुरा खोप लगाएर आउनेले डिसेम्बर २१ पछि न्यु साउथ वेल्स र भिक्टोरिया आउनेले ७२ घण्टा आइसोलेसन बस्नु नपर्ने भएको छ । शुक्रबार न्यु साउथ वेल्स र भिक्टोरियाका प्रिमियरले संयुक्त रुपमा जारी गरेको विज्ञप्ती अनुसार विदेशबाट आफ्नो राज्यमा आएका यात्रुले २४ घण्टाभित्र पिसिआर परिक्षण गर्नुपर्ने तथा नेगेटिभ रिपोर्ट नआइन्जेल भने आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

यसको मतबल डिसेम्बर २१ देखि पुरा खोप लगाएका यात्रुले ७२ घण्टा आइसोलेसन बस्नुपर्नेछैन । यस अघि विदेशबाट आएर ७२ घण्टा आइसोलेसनमा बसिरहेका यात्रुहरुले समेत कोरोनाको नेगेटिभ पिसिआर आउने बित्तिकै बाहिर निस्कन सक्ने विज्ञप्तीमा भनिएको छ । यात्रुले आइसोलेसन बाहेक अन्य नियमहरु भने पालना गनुपर्नेछ । विमान चढ्नुभन्दा ३ दिन अघि भित्रमा पिसिआर परिक्षण नेगेटिभ हुनुपर्ने, न्यु साउथ वेल्स आएको छैटौ दिनमा र भिक्टोरिया आएको पाचौ र सातौ दिनको बिचमा पिसिआर परिक्षण भने गर्नुपर्नेछ ।

पुरा खोप नलगाएका १८ वर्षभन्दा माथी यात्रुले भने १४ दिन नै होटल क्वारेन्टिन बस्नुपर्नेछ । न्यु साउथ वेल्स र भिक्टोरियामा खोपमा मात्र निकै उच्च रहेकाले विदेशबाट आउने यात्रु र हवाई कर्मचारीका लागि प्रकृया सजिलो र स्पष्ट होस् भनेर ७२ घण्टे आइसोलेसन हटाइएको विज्ञप्तीमा उल्लेख छ ।

nsw.gov.au-NSW and Victoria remove 72-hour isolation requirement for international arrivals



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ