Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसमुन्द्र सुरक्षा तालिम एडिलेडमा पनि । अष्ट्रेलियन सांसदहरु पनि सहभागि हुने ।

समुन्द्र सुरक्षा तालिम एडिलेडमा पनि । अष्ट्रेलियन सांसदहरु पनि सहभागि हुने ।


सरल गुरुङ/सिड्नी

समुन्द्रमा डुबेर ज्यान जाने घटना बढेसंगै अष्ट्रेलियाका नेपाली सचेत हुन थालेका छन् । 

गत वर्षदेखि सिड्नीमा सुरु भएकाे समुन्द्र सुरक्षा तालिम (विच सेफ्टी वर्कसप ) साउथ अष्ट्रेलियाकाे एडिलेडमा पनि हुने भएकाे छ ।

आगामी मार्च ४ तारिखमा एडिलेडकाे ग्लेनेल्क समुन्द्री तटमा निशुल्क तालिम हुन लागेकाे हाे । यहि तटमा गत डिसेम्बर अन्तिम २२ वर्षीय निश्चल घिमिरेको डुबेर ज्यान गएको थियो ।

गैर आवासिय नेपाली संघ  साउथ अष्ट्रेलियाकाे समन्वयमा अजी मेट फाउण्डेसन र अष्ट्रेलियन नेपलिज नर्सेस एण्ड मिड वाईफरी साेसाईटीले सयुक्त रुपमा तालिम आयाेजना गरेकाे हाे । 

तालिममा समुन्द्र सुरक्षाकाे सैद्धान्तिक र व्यवहारिक ज्ञान भने    ल्गेनेल्क सर्फ लाईभ सेभिङ क्लबका संयमसेवकहरुले दिनेछ । साझ ६ देखि ९ बजे सम्म हुने तालिममा झण्डै ३ सय नेपाली सहभागि हुने एनआरएनए साउथ अष्ट्रेलियाले जनाएकाे छ । 

तालिममा साउथ अष्ट्रेलियाका ४ जना सांसदहरु पनि सहभागि हुने तय भएकाे छ। 

‘साउथ अष्ट्रेलियामा आप्रवासीका लागि पाैडी सिकाउने पाेखरीहरु बन्द हुदैछ’  – एनआरएनए साउथ अष्ट्रेलियाका संयाेजक अशाेक केसीले भने- त्यस्ता पाेखरी बन्द गर्न नहुने र समुन्द्र सुरक्षामा लगानी बढाेस् भनेर सांसदहरुलाई सहभागि गराउन लागेका हाै’ । 

यस्ता तालिमले समुन्द्र बारे सचेतना बढाउने केसीकाे भनाई छ । 

पछिल्लो एक महिनामा पानीमा डुबेर तीन नपालीले  ज्यान गुमाईसकेका छन् । 

पछिल्लो २ वर्षको तथ्यांक हेर्ने हो भने झन् कहाली लाग्दो छ । सन् २०१७ जुलाई देखि हालसम्म अष्ट्रेलियामा १८ जना नेपालीले ज्यान गुमाएको एनआरएनको तथ्याकं छ । ती मध्ये अधिकांश पानी सम्बन्धित दुर्घटना भएको प्रवक्ता डिला खरेल बताउनुहुन्छ ।

यस्ता घटना बढेपछि भिजन फर माटिभेसनले सन् २०१८ देखि वर्षको एक पटक सिड्नीमा ७० जना जति विद्यार्थीलाई समुन्द्रमै लगेर जोखिमबारे प्रशिक्षण दिदै आएको छ ।

वर्षको एक पटक त्यसमा पनि सिड्नीमा मात्रै सिमित यस्तोे प्रशिक्षणले धेरै नेपालीलाई समेट्न सकेको थिएन ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ