ओमिक्रोनको त्रासदी, अब यी ६७ देशबाट नेपाल आउदा ७ दिने होटल क्वारेन्टिन अनिवार्य !
काठमाडौं। कोरोना भाइरसको नयाँ भेरिएनट ओमिक्रोनको प्रकोप तिब्र बनेसँगै नेपालको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । ओमिक्रोन भित्रिनबाट रोक्न सरकारले ६७ देशबाट नेपाल आउने यात्रुलाई अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ ।
अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया तथा धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने जानकारी गराएको हो । नयाँ व्यवस्था अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ । तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने भएको छ ।
नयाँ भेरिएन्ट ओमिक्रोन अमेरिका, बेलायत, युरोप तथा एसिया लगायतका देशहरुमा तिब्र बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी ६७ देशका यात्रुको नेपाल आगमनमा कडाई गरेको हो ।
अध्यागमन विभागले कडाई गरेका मुलुकहरु यस्ता छन् :
तपाईको प्रतिक्रिया