Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल आईडल रबि ओड सिड्नीमा सम्मानित । समाजसेवा गर्ने घाेषणा

नेपाल आईडल रबि ओड सिड्नीमा सम्मानित । समाजसेवा गर्ने घाेषणा


सिड्नी

अष्ट्रेलिया सांगितिक यात्रामा रहेका नेपाल आईडल सिजन २ का विजेता रबि ओड यति बेला सिड्नीमा छन् । 

सिड्नीमा भएकाे माैकामा सुदूरपश्चिमेलीहरुले ओडलाई सम्मान गरेका छन् । 

हिजाे हर्जविलकाे अलावा पार्कमा सुदूरपश्चिम एकता समाजले ओडलाई सम्मान गरेकाे हाे । 

उनकाे सम्मानमा पार्कमा झण्डै ५० जना सहभागि भएका थिए ।  कार्यक्रममा एकता समाजले ओडलाई खदा, प्रमाणपत्र र मायाकाे चिनाेले सम्मान गरेकाे थियाे । सम्मान कार्यक्रममा रबिसंग सेल्फी खिच्न सहभागीहरुले तछाडमछाड गरेका थिए ।

 

कार्यक्रममा नेपाल आईडल ओडले संगितबाहेक आफ्नाे समाजसेवा गर्ने ईच्छा रहेकाे बताए । ‘मेराे गाउठाउमा दुख पिडामा रहेका बालबालिकालाई सहयाेग गर्नका लागि म फाउन्डेसन खाेल्न चाहान्छु’ ओडले भने – ‘मलाई आशा छ, यहाँहरु सबैले मलाई साथ दिनुहुनेछ । 

एपिवान टिभीकाे रियालिटी साेमा आफुले माैका पाएपनि, पैसाकाे अभावमा अझै पनि गाउघरका प्रतिभा यत्तिकै विलिन भईरहेकाे भन्दै रबिले भने -‘त्यस्ता प्रतिभालाई उचित माैका दिन पनि म केही सहयाेग गर्न चाहान्छु’ । 

फाउन्डेसन कस्ताे हुने भन्ने बारे अझै एकिन नभएपनि नेपाल फर्किने बित्तिकै काम थाल्ने ओडकाे भनाई छ । 

समाजका संयाेजक पुष्कर भट्टले ओडकाे मेहनत र लगनशिलताबारे प्रशंसा गर्नुभयाे । सुदूरपश्चिममा जन्मिएर गित संगितमा उदाउन सफल भएकाे भन्दै संयाेजक भट्टले रबिले आगामी दिन गर्ने परियाेजनाहरुमा सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । 

कार्यक्रममा सिड्नीका युवा समाजसेवी तथा व्यवसायी माेहन भट्टले रबि ओडले थाल्ने समाजसेवाकाे काममा खुलेर सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ