एनआरएनए कुइन्सल्याण्ड कप फरएभर योङको पोल्टामा (फोटो फिचर)

ब्रिजवेन/टोओम्बामा सम्पन्न भएको एनआरएनए कुइन्सल्याण्ड फुटवल कपको उपाधी फरएभर योङ फुटबल क्लबले जितेको छ । कुइन्सल्याण्डभरीबाट आएका १६ वटा टिम सहभागी एक दिवसिय फुटवल कपको फाइनलमा भुटानी समुदायको फ्युन्सुम फुटबल क्लबलाई १ शुन्यले हराउदै फरएभरले उपाधी चुमेको हो । जितसंगै फरएभरले ४ हजार डलर नगद र शिल्ड पुरस्कार पाएको छ । त्यस्तै उपबिजेता फ्युन्सुमले १५ सय डलर पाएको छ ।
लिगको आधारमा खेलिएको एउटा खेलको समय २५ मिनेटको थियो । लिग चरणबाट छनोट भएका टिमबिच क्वाटर फाइनर र सेमी फाइनल प्रतिष्पर्धा भएको थियो । क्वाटर फाइनलमा गोरखा फुटवल क्लबलाई १ शुन्यले पराजित गरि फरएभर योङ सेमी फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै सेमी फाइनलमा आयोजक समेत रहेको टोओम्बा नेपलिज फुटबल क्लबलाई फरएभरले ४ शुन्यको भारी अन्तरले हराएको थियो । एनआरएनए कुइन्सल्याण्डसंग मिलेर टोओम्बा नेपलिज फुटबल क्लबले कपको आयोजना गरेको हो । कपलाई मेटस् इन्टरनेशनल एजुकेशन एण्ड भिषा सर्भिसेसले प्रायोजन गरेको थियो । सधै शहरी क्षेत्रमा हुने खेललाई रिजनलमा पनि गनुपर्छ भनेर टोओम्बामा कपको आयोजना गरिएको एनआरएनए कुन्सन्ल्याण्डका सचिव अतुल खड्काले बताउनुभयो ।

कपमा सहभागी हुन गोलकोष्ट, सनसाइनकोष्ट र रकह्याम्पटनदेखि नेपाली फुटबल क्लबहरु आएको पनि खड्काले बताउनुभयो । गत वर्षदेखि एनआरएनए कुन्सल्याण्डले कपको आयोजना गर्न थालेको हो । अघिल्लो कार्यसमितिले ब्रिजवेनमा बिशाल भलिबल कपको आयोजना गरेको थियो । एउटा कार्यसमितिले आफ्नो कार्यकाल कम्तिमा एउटा कपको आयोजना गर्दै जाने सचिव खड्काको भनाई छ । खेल र होस्ट गर्ने संस्था एनआरएनएको टिमले चयन गर्ने पनि सचिव खड्काले बताउनुभयो ।
कपमा सहभागी टिमहरु ( सबै फोटोहरु -TNFC)









तपाईको प्रतिक्रिया