विदेशबाट सिड्नी आउनेले अब पिसिआरको सट्टा ‘रापिड एन्टिजन टेष्ट’ गरे हुने, (टेष्ट गर्ने तरिका सहित)
सिड्नी/विदेशबाट आउने यात्रुले अबदेखि पिसिआर टेष्टको सट्टामा छिटो र छरिदो तरिकाले आफैले गर्न मिल्ने ¥यापिड एन्टिजन टेष्ट गरे हुने भएको छ । पिसिआर टेष्ट गर्नेको घुइचो लागेरे रिपोर्ट आउन कयौं दिन कुनुपर्ने भएपछि न्यु साउथ वेल्स सरकारले एन्टिजन टेष्टलाई पनि मान्यता दिने भएको हो । हाललाई विदेशबाट आउने यात्रुका लागि न्यु साउथ वेल्स राज्यले मात्रै यसलाई मान्यता दिएको छ ।
यसअघि विदेशबाट आउने यात्रुले न्यु साउथ वेल्स आएको २४ घण्टाभित्रमा पिसिआर टेष्ट गरि नेगेटिभ हुनुपर्ने व्यवस्था गरेका थियो । डिसेम्बर ३१ तारिख मध्यरात अर्थात शुक्रबारदेखि आउने यात्रुले भने पिसिआरको सट्टा आफैले एन्टिजन टेष्ट गरे पुग्छ ।
यस्तो छ प्रकृया
दुबै खोप लगाएका विदेशबाट आउने यात्रुहरु सुरक्षित तवरले विमानस्थलबाट सिधै आफ्नो बासस्थान जानुपर्दछ । त्यसपछि सकेसम्म छिटो घरमै ¥यापिड एन्टिजन टेष्ट गर्नुपर्दछ । यो टेष्ट किट सस्तोमा औषधी पसलहरुमा किन्न पाइन्छ । एन्टिजन टेष्टबाट कोभिड नेगेटिभ रिपोर्ट नआउन्जेल आइसोलेसनमा बस्नुपर्नेछ । एन्टिजनको रिपोर्ट न्यु साउथ वेल्स सरकारलाई दिनु पर्दैन ।
न्यु साउथ वेल्स सरकाराको हेल्थ वेवसाइटमा उपलब्ध जानकारी अनुसार नेगेटिभ नतिजा आएपनि सो व्यक्तिले सात दिनसम्म उच्च जोखिमहरु स्थानहरु जस्तै एज केयर, स्वास्थ्य संस्थामा भ्रमण गर्न पाउनेछैन । एन्टिजन टेष्टमा कोरोना पोजिटिभ आएमा भने यथासक्य पिसिआर टेष्ट गर्नुपर्दछ । पिसिआर टेष्टका लागि भने तपाई आइसोलेसनबाट बाहिर निस्कन सक्नुहुनेछ । पिसिआर टेष्ट गर्न जादा सार्वजनिक यातायातका साधानहरु बस, रेल, ट्याक्सी र राइड सेयरको प्रयोग गर्न मिल्दैन । नजिकै छ भने हिडेर, निजी कारमा वा साइकल वा मोटरसाइकलमा पिसिआर टेष्ट गर्ने स्थलसम्म जान सकिन्छ ।
यदि गाडी चलाउन सकिदैन भने संगै बस्ने साथीलाई गाडी चलाउन लगाएर जान सकिन्छ । त्यसो गर्दा चालकको अर्को पट्टी साडडको पछाडी सिटमा बस्ने, तथा मास्क लगाएर दुबै तर्फको झ्याल खोल्नुपर्ने न्यु साउथ वेल्स सरकारले जनाएको छ । थप जानकारीका लागि यो लिंकमा जानुहोला ।
टेष्ट गर्ने तरिका
तपाईको प्रतिक्रिया