ब्राउनसुगरसहित पक्राउ गरेका र्यापर लाहुरे सार्वजनिक, को–को हुन ४ अभियुक्त ?
काठमाडौं । बुधबार बेलुका ब्राउनसुगरसहित पक्राउ गरेका र्यापर लाहुरेसहित ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ यी ४ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले सुराकीका आधारमा पिछा गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम बरामद गरेको बताइएको छ । प्रहरीको थप अनुसन्धान पश्चात् पोखरा महानगरपालिका वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम समेत फेला परेको थियो ।
पक्राउ पर्नेहरु लागू औषध कारोबारी रहेको दाबी प्रहरीले गरिरहेको छ । उनीहरुको साथबाट डिजटल तराजु १ थान, नगद ३८ हजार ३५०, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरिएको छ । जिल्ला अदालत कास्कीले र्यापर लाहुरेसहितका चारैजनालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यी हुन आगूऔषधसहित पक्राउ पर्नेहरुः
१ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।
२ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २१ घर भई हाल वडा नं १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।
३ जिल्ला कास्की रुपा गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।
४ जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।
तपाईको प्रतिक्रिया