सिड्नीमा विद्यार्थीलाई निशुल्क एन्जिटजन टेष्ट किट वितरण गरिदै, यसरी पाउन सकिन्छ
सिड्नी/समस्यामा परेका विद्यार्थी र नेपालीलाई कोभिड टेष्ट गर्नका लागि र्यापिड एन्टिजन टेष्ट किट वितरण गरिदैछ । आईतबारदेखिप्रवासी नेपाली मञ्च अष्ट्रेलिया ओएनएफले पहिलो चरणमा १ सय थान किट वितरण गर्न लागेको हो । ओएनएफ अन्तराष्ट्रियकमिटीका केन्द्रिय सचिव रमेश पाण्डेका अनुसार आर्थिक समस्या र किट नपाएर अप्ठ्यारोमा परेका विद्यार्थी र भिषा बिग्रिएकानेपालीलाई प्राथमिकतामा राखेर वितरण गरिने भएको हो ।
अन्यत्र किट नपाएका अन्य नेपालीले भने केही रकम चन्दा स्वरुप दिएर पनि किट लिन सक्ने पाण्डेले जानकारी दिनुभयो । सिड्नीका ५वटा ईलाकाबाट किट वितरण गरिदैछ । किट लिनका लागि क्षेत्र र सम्बन्धित व्यक्तिको नाम र नम्बर तल उल्लेख छ ।
किटको उपलब्धता सहज नहुञ्जेल वितरण कार्य जारी राखिने पाण्डेले बताउनुभयो । ओएनएफले सिड्नीका सप्लायर्ससंगै सिधै किटखरिद गरेको हो । एउटा किटको १७ डलरमा खरिद गरिएको पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै कोभिड संक्रमण भएर सात दिन आईसोलेसनमा बस्नुपर्ने आर्थिक अभावमा रहेका विद्यार्थीलाई हप्ताको २ सय डलर समेतउपलब्ध गराउने सचिव पाण्डेले जानकारी दिनुभयो । जसका लागि ५ हजार डलर बजेट छुट्याईएको छ । ओएनएफ नेकपा एमालेकोभातृ संगठन हो ।
यसैबिच किट वितरणको समाचार बारे प्रवासी नेपाली मञ्च अष्ट्रेलिया ओएनएफका नव नियुक्त अध्यक्ष केशव जोशीसंग टेलिफोन गरि बुझ्नखोज्दा उहाँले आफुलाई पनि कोभिड लागेको, सुचना थाहा नभएको र कोही पत्रकारलाई पनि नचिन्ने भन्दै झर्किएर फोन काटिदिनुभयो ।अध्यक्षको यस्तो व्यवहार बारे जानकारी पाएपछि ओएनएफ अन्तराष्ट्रिय कमिटीका केन्द्रिय सचिव रमेश पाण्डेले घटनाप्रति दुख व्यक्तगर्नु भएको छ । आफ्ना अध्यक्षसंग के भएको हो बुझ्ने भन्दै सचिव पाण्डेले नेपालट्युबसंग माफी समेत माग्नु भएको छ । photo-abc
ट्याग : #news, #ONF Australia, #Rapid antigen test kit
तपाईको प्रतिक्रिया