Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा एन्टिजन परिक्षणबाट कोभिड देखिए दर्ता गर्नुपर्ने, कुइन्सल्याण्डमा पनि छिट्टै

भिक्टोरियामा एन्टिजन परिक्षणबाट कोभिड देखिए दर्ता गर्नुपर्ने, कुइन्सल्याण्डमा पनि छिट्टै


मेलवर्न/अष्ट्रेलियाको भिक्टोरिया राज्यले र्यापिड एन्टिजन टेष्टबाट कोरोना संक्रमण देखिएमा समेत सरकारी संयन्त्रमा दर्ता गर्नुपर्ने नियम लागु गरेको छ । यसअघि घरमा आफले एन्टिजन टेष्ट गरेर संक्रमण देखिएमा कतै दर्ता नगरी आइसोलेसनमा बसे हुन्थ्यो । तर, भिक्टोरियामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार दिउसोबाट एन्टिजन परिक्षणबाट संक्रमण देखिएपनि स्वास्थ्य विभागमा दर्ता गर्नुपर्ने नियम लागु गरिएको हो ।

र्यापिड टेष्टमा कोरोना देखिएमा व्यक्तिले भिक्टोरिया सरकारको स्वास्थ्य विभागको वेवसाइटमा गएर दर्ता गर्नुपर्नेछ । तपाई पनि आफ्नो रिपोर्ट दर्ता गर्न चाहानुहुन्छ भने यो लिंक थिच्नुहोस् ।
कुइन्सल्याण्डले पनि एन्टिजन परिक्षणको पोजेटिभ रिपोर्टलाई दर्ता गर्ने प्रकृया सुरु गर्ने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ