Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआईसी एसिया बैंकको साँढे १२ लाख चोरी प्रकरण, कर्मचारिसहित ४ जना पक्राउ

एनआईसी एसिया बैंकको साँढे १२ लाख चोरी प्रकरण, कर्मचारिसहित ४ जना पक्राउ


काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।

काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी पुस १८ गते प्रहरीमा सूचना प्राप्त भएको थियो । सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान सुरु गरिएको थियो । पछि खत्रीमाथि शङ्का लागेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको थियो ।

प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भई ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाइएको जानकारि दिनुभयो । सबै पैसा भागबण्डा लगाएर बाँडेको खुलेपनि अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार नगद फेला परेको र दुई लाख ८२ हजार खर्च गरिएको जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ