Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा स्मार्ट लकडाउनको गृहकार्य, महामारि रोक्ने प्रधानमन्त्री देउवाको निर्देशन !

नेपालमा स्मार्ट लकडाउनको गृहकार्य, महामारि रोक्ने प्रधानमन्त्री देउवाको निर्देशन !


काठमाडौं । कोरोना महामारिले तिब्रता पाएसँगै नेपालमा सरकार स्मार्ट लकडाउनको गृहकार्यमा सुरु भएको छ । एकैदिन दोब्बर कोरोना संक्रमित फेला परेपछि र ओमिक्रोनका संक्रमित बढ्न थालेपछि स्मार्ट लकडाउन हुने देखिएको हो ।

शुक्रबार मात्रै ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, यी मध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । यता, प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमार्फत ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिनुभयो । बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले जानकारि दिनुभयो । कोरोना महामारिले तिब्रता पाएको अवस्थामा सीसीएमसी बैठकले तेस्रो चरणको बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ