एन्टिजन टेष्टमा कोभिड देखिए कुईन्सल्याण्डमा पनि दर्ता गर्नुपर्ने
ब्रिजवेन/ घरमा आफैले र्यापिड एन्टिजन टेष्ट गरेर कोभिड संक्रमण देखिए कुईन्ल्सल्याण्ड राज्यले पनि दर्ता गराउने पर्ने नियम सुरु गरेकोछ । यसअघि भिक्टोरियाले पनि यो नियम लागु गरिसकेको छ ।
कुईन्ल्याण्ड राज्यले जारी गरेको सुचना अनुसार एन्टिजन टेष्टमा कोभिड देखिए तत्काल आईसोलेसनमा बसेर स्वास्थ्य विभागकोवेवसाईटमा गएर दर्ता गर्न निर्देशन दिएको छ । यसअघि एन्टिजन टेष्टबाट कोभिड देखिए दर्ता गर्न पर्दैनथ्यो । तर, कोभिड संक्रमित बढ्नथालेपछि राज्यहरुले यस्तो नियम लगाएको हो । कुईन्सल्याण्डमा एन्टिजन टेष्टबाट कोभिड देखिए दर्ता गर्न यहाँ थिच्नुहोस् ।
तपाईको प्रतिक्रिया