Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाबाट सुरु भयाे ‘धुर्मुस-सुन्तली क्रिकेट रंगशाला’ का लागि सहयाेग जुटाउने अभियान (भिडियो सहित)

अष्ट्रेलियाबाट सुरु भयाे ‘धुर्मुस-सुन्तली क्रिकेट रंगशाला’ का लागि सहयाेग जुटाउने अभियान (भिडियो सहित)


सिड्नी

हास्य कलाकार सिताराम कट्टेल, धुर्मुसले रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन गोफण्डमी मार्फत अभियान सुरु गरेका छन् । चितवनमा निर्माण गर्ने घोषणा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि संसारमा छरिएका नेपालीबाट सहयोग जुटाउन गोफण्डमी सुरु गरेको कट्टेलले जानकारी दिएका छन् । ‘हामी जनता मिलेर रंगशाला बनाऔं’ भन्ने नाम दिईएको अभियानको लक्ष्य ५ लाख डलर उठाउने रहेको छ । जनसहभागिता र सहयोगमा निर्माण हुने क्रिकेट रंगशाला भएकाले देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुटाउने अभियान सुरु भएको उनले बताए । गाेफण्डमीकाे संयाेजन गरिदिएका हुन् अष्ट्रेलियामा बस्ने युवा अभियन्ता सन्ताेष ओझाले । सामाजिक सेवाका लागि आर्थिक सहयाेग जुटाउन सिपालु सन्ताेष अष्ट्रेलियाकाे माईलाेमा अष्ट्रेलिया नामक संस्थाका एनएसडब्लु संयाजक हुन् । भूकम्पका बेला बस्ती निमार्णमा जुटेका धुर्मुस् सुन्तली फाउण्डेसनका लागि सन्ताेष र पत्रकार सरल गुरुङले गाे फण्ड मि मार्फत ५० हजार अमेरिकी डलर सहयाेग रकम जुटाएका थिए ।

क्रिकेट रंगशाला अभियानमा सहयाेग गर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

यस्तो छ धुर्मुसको अपिल

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ