Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसांगीतिक भ्रमणबाट स्वदेश फर्किएका गायक राजेशपायल राईलाई नेपालमा भब्य स्वागत

सांगीतिक भ्रमणबाट स्वदेश फर्किएका गायक राजेशपायल राईलाई नेपालमा भब्य स्वागत


काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमण पुरा गरेर स्वदेश फर्किएका गायक राजेशपायल राईलाई नेपालस्थित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ । बिमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा सहित कलाकार तथा शुभचिन्तक बिमानस्थलमा पुगेका थिए ।

गायक राईको स्वागतमा कोरोना महामारिको प्रवाह नगरि संगीतकर्मी र फ्यानहरु प्लेकार्ड, ब्यानर, राष्ट्रिय झण्डा र बाइकसहित विमानस्थलमा पुगेका थिए । मालाले पुरिएका राजेशपायलले आफ्नो स्वागतमा जुटेकाहरुलाई हात हल्लाउाँदै धन्यवाद दिएका थिए । कुनै कलाकार विदेश भ्रमणमा जानु र फर्कनु सामान्य प्रक्रिया भएपनि राजेश पायल राईको यसपटकको स्वदेश आगमन सामान्य थिएन ।

न्यूयोर्कमा आयोजित कन्सर्टमा एक फ्यानले दुब्र्यबहार गरेपछि चर्चामा आएका राईसँग धेरै फ्यानको भावना जोडिएको थियो । सोही भावनाले डोर्याएका फ्यानहरु राष्ट्रियझण्डा बोकेर एयरपोर्टमा पुगेका थिए । गायक राईपनि गलाभर माला लगाएर हसिलो मुद्रामा बिमानस्थलबाट बाहिरिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ