Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित, बढ्दै जोखिम

नेपालमा एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित, बढ्दै जोखिम


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टाको अवधिमा ३ सय ६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत रहेको पाइएको छ । अहिले देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् । अहिलेसम्म पीसीआर विधिबाट भएको परीक्षणमा पुष्टि भएका कोरोना संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना रहेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमितको संख्या ५ सयबाट उकालो लागेको छ ।

सरकारले भीडभाड रोकेर कोरोना महामारि नियन्त्रण गर्न २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेपनि खोप लगाउन, राहदानी लिनदेखी कर तिर्न समेत सयौँको लाईभन लाग्नुपर्ने बाध्यता यथावत छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ