Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको पहिलो द भ्वाइस अफ किड्सको उपाधि जेनिस उप्रेतीलाई को हुन त विजेता ?

नेपालको पहिलो द भ्वाइस अफ किड्सको उपाधि जेनिस उप्रेतीलाई को हुन त विजेता ?


काठमाडौं । नेपालको पहिलो द भ्वाइस अफ किड्सको उपाधि जेनिस उप्रेतीले जितेका छन् । प्रमोद खरेलको टिममा रहेका जेनिसले उत्कृष्ठ ७ जनालाई पछिपार्दै १५ लाख नगद सहित उपाधि जितेका हुन् ।

हिमालयन टेलिभिजनबाट सञ्चालित रियालिटी सो अन्र्तगत दर्शकले गरेको भोटिङका आधारमा मकवानपुरका जेनिस उप्रेती पहिलो बनेका हुन् । उपाधि जितेसँगै जेनिसले आफन्त, सुभेच्छुकसँगै फ्यान सबैलाई धन्यवाद दिएका छन् ।

को हुन त जेनिस ?
जेनिस २०६७ हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा जन्मिएका हुन् । क्यान्सरसंग जुधिरहेकी उनकी आमाको केही महिना अघि मात्रै कोरोनाको कारण मृत्यु भएको थियो । जेनिशका बुवा बैदेशिक रोजगारीका क्रममा १० वर्षदेखी खाडी मुलुकमा छन् । चार बषकै उमेरमा गीत गाउन शुरु गरेका जेनिस अहिले ११ बर्ष पुगेका छन् । सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्छन् । उनी चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जनाले ब्लाइन्ड अडिसनमा सहभागीता पाएका थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । लाइभका लागि २४ जना छानिएर अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए । द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ