Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक नेपाली विद्यार्थी मृत भेटिए । शव नेपाल पठाउन सहयोग संकलन

सिड्नीमा एक नेपाली विद्यार्थी मृत भेटिए । शव नेपाल पठाउन सहयोग संकलन


सिड्नी/ अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा भेटिएको छ । सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएको हो । किर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया आउनु भएको बुझिएको छ । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।

संघका युवा संयोजक बिक्रम दाहालले शव पठाउनका लागि सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गर्नुभएको हो । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घटनाले आफु आश्चर्यमा परेको बताउनुभयो । निकै मेहनति र मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफु निकै स्तब्ध भएको भट्टले बताउनुभयो । हाल काठमाडौंमा रहेका भट्टले सुष्मिताको परिवारलाई भेटेर सान्त्वता दिइसक्नु भएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले सबैले सहयोग गरिदिन समेत भट्टले आग्रह गर्नुभयो ।
तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।


ट्याग : #Australia, #news, #students, #sushmita kapali
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ