Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै कोरोना संक्रमण, सोमबार एकैदिन थपिए ६ हजार ७३४ संक्रमित

नेपालमा बढ्दै कोरोना संक्रमण, सोमबार एकैदिन थपिए ६ हजार ७३४ संक्रमित


काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना भाइरसको संक्रमणले तिब्रता पाइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ६ हजार ७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १४ हजार १४ नमुनाको पीसीआर परीक्षणबाट ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षणमार्फत ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएको र ३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमण दर ४१ प्रतिशत नाघ्दैगर्दा काठमाडौं उपत्यकामा मात्रै आज ३ हजार ९३९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएको बताइएको छ ।

सक्रिय संक्रमित ५०० भन्दा माथि हुने जिल्लाको संख्या ९ पुग्दा आठ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा माथि छन् । आइतबार ४ हजार ९६१ जनामा कोरोना संक्रमण हुँदा ३ जनाको मृत्यु भएको थियो । शनिबार ४ हजार ६३६ जनामा कोरोना संक्रमण हुँदा ४ जनाको मृत्यु भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ