Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण, काठमाडौंमै ५५४९ थपिए

नेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण, काठमाडौंमै ५५४९ थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

मंगलबार दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको पाइएको छ । पछिल्लो २४ घण्टामा ५६२ जना निको भएका छन् भने १ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमित संख्या ३९ हजार ४४ पुगेको छ । १२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि पुग्दा ६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दामाथि रहेको छ ।

काठमाडौं उपत्यकामा थपिए एकैदिन ५५४९ संक्रमित
काठमाडौं उपत्यकामा मात्र मंगलबार ५ हजार ५४९ जना संक्रमित थपिएका छन् । यी मध्ये काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा सक्रिय संक्रमित संख्या २४ हजार ५७६ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ