कम पारिश्रमिक दिने एडिलेडका १० क्लिनिङ्ग ठेकेदार कम्पनी कारवार्हीमा, १९ हजार डलर क्षतिपुर्ति
एडिलेड/ कामदारलाई कम पारिश्रमिक दिने साउथ अष्ट्रेलियाका १० क्लिनिङ्ग ठेकेदार कम्पनीमाथी कारवार्ही गरिएको छ । उनीहरुबाट २९ कामदारले पाउनुपर्ने १९ हजार डरल क्षतिपुर्ति पनि भराइएको छ । श्रमबजारको नियमन गर्ने निकाय फेयरवर्क एम्बुड्सम्यानले एडिलेडका १७ वटा यस्ता ठेकेदार कम्पनीमाथी स्वतन्त्र रुपमा छानविन गरेको थियो ।
गुप्तचरी सुचना, गोप्य रुपमा प्राप्त उजुरी तथा कामदारको गुनासोका आधारमा फेयरवर्कले अनुसन्धान अघि बढाएको थियो । १० कम्पनीमध्ये ७ वटाले कामदारलाई कम पारिश्रमिक दिएको, बाकी तीन वटा कम्पनीले कामदारलाई कम पारिश्रमिक दिने मात्रै होइन पेस्लिप र तथ्यांक समेत नराखेको भेटिएको हो । यी ठेकेदार कम्पनीहरुले सपिङ्ग सेन्टर र शहरका अन्य विजनेस हाउसहरुमा क्लिनरर्स खटाउने गर्दै आएका छन् ।
हाललाई यी कम्पनीहरुलाई सचेत पत्र थमाइएको छ, भविष्यमा फेरी यस्तै गल्ती गरे थप कडा कारवाही गरिने समेत फेयरवर्कले जनाएको छ ।
फेयरवर्क एम्बुड्सम्यानका प्रमुख सान्ड्रा पार्करले क्लिनिङ्ग उद्योगमा हुने श्रम शोषण र अनियमिततालाई प्राथकितामा राखिएको बताउनुभयो । ‘क्लिनिङ्ग क्षेत्रमा अधिकांश आप्रवासी कामदार काम गर्ने र उनीहरु सधै श्रमशोषणको जोखिम रहने गरेका छन्’ -पार्करले भन्नुभयो -‘क्लिनिङ्ग क्षेत्रमा अनियमितता हुने गर्दै आएकाले पनि हामीले निगरानी बढाएका हौं ।’
पार्करले क्लिनिङ्ग व्यवसायीहरुलाई नियमसंगत काम गर्न समेत आगह गर्नुभएको छ । तपाईमाथी पनि श्रम शोषण भइरहेको छ भने फेयरवर्कमा उजुरी गर्नुहोस् ।
्
तपाईको प्रतिक्रिया