Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia८ हप्ताभित्र आउने विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा

८ हप्ताभित्र आउने विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा


क्यानबेरा/ सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकको निर्णय सुनाउदै प्रधानमन्त्री स्कट मोरिसनले धन्यवाद स्वरुप विदेशी विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरिएको बताउनुभयो । जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया प्रवेश गर्ने विदेशी विद्यार्थीलाई अध्यागमन विभागले शुल्क फिर्ता गर्ने बताइएको छ ।

प्रधामन्त्रीका अनुसार हाल १ लाख ५० हजार विद्यँर्थी भिषा लगाएर बसेका छन् । उनीहरु छिट्टै अष्ट्रेलिया आउन भनेर भिषा शुल्क फिर्ता दिन लागिएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो । कोरोनाका कारण अष्ट्रेलियामा कामदारको चरम अभाव भएको छ । भिषा शुल्क वापत विद्यार्थीले ६ सय ३० डलर तिर्ने गरेका छन् ।
यसअघि सरकारले विद्यार्थी भिषावहाकलाई काम गर्ने समयमा लाग्ने प्रतिबन्ध हटाइसकेको छ । विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो ।

कोरोनाको सुरुवाती समयमा प्रधानमन्त्री मोरिसले विदेशी विद्यार्थीलाई घर फर्क भनेर अभिव्यक्ति दिएपछि निकै आलोचना भएको थियो । २ वर्षसम्म सिमाना बन्द हुदा भिषा लागेर बसेका विद्यार्थीहरुमा निराशा समेत जागेको थियो । विद्यार्थीहरुले क्यानाडा र वेलायतलाई समेत शैक्षिक गन्तव्य बनाउन थालिसकेका थिए । तर, डिसेम्बर १५ बाट विद्यार्थीका लागि सिमाना खुल्ला गर्न थालेको अष्ट्रेलियाले विद्यार्थीका लागि लचिलो नियम लागु गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ