Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaके जनवरी २२ देखि विद्यार्थी पनि बिना क्वारेन्टिन कुइन्सल्याण्ड आउन पाउछन् त ?

के जनवरी २२ देखि विद्यार्थी पनि बिना क्वारेन्टिन कुइन्सल्याण्ड आउन पाउछन् त ?


ब्रिजवेन/अष्ट्रेलियाको कुइन्सल्याण्डले यहि जनवरी २२ तारिख शनिवारदेखि दुबै खोप लगाएका विदेशबाट आउने यात्रुलाई बिना क्वारेन्टिन प्रवेश दिने घोषणा गरेको छ ।
यसअघि दुबै खोप लगाउने संख्या ९० प्रतिशत पुगेपछि मात्रै अन्तराष्टिय सिमाना खोल्ने घोषणा भएपनि त्यसलाई केही समय अघि सारिएको राज्यकी प्रिमियर एनेस्तेसिया पालासेले जानकारी दिनुभयो । विदेशबाट आउने यात्रुले २४ घण्टाभित्र कोभिड परिक्षण गर्नुपर्छ । रिपोर्ट नआउन्जेल भने यात्रुले घरमै वा होटलमा क्वारेन्टिन भने बस्नुपर्नेछ । नेगेटिभ रिपोर्ट आएपछि भने क्वारेन्टिन बस्नुपर्नेछैन ।

विदेशबाट आउने यात्रुमा विद्यार्थी पर्छ कि पर्दैन भन्ने अन्यौलता बाँकी नै छ । नेपालट्युबले कुइन्सल्याण्ड हेल्थसंग सम्पर्क गर्दा विद्यार्थीका बारेमा स्पष्ट जानकारी आउन अझै केही समय कुर्नुपर्ने जानकारी पाएको छ । कुन्सल्याण्ड हेल्थको वेवसाइटमा पछिल्लो पटक गरिएको अपडेट अनुसार विदेशबाट आउने यात्रु भन्नाले अष्ट्रेलियाका नागरिक, पिआरवाला, उनीहरुसंग यात्रा गर्ने व्यक्ति तथा उनीहरुका नजिकका परिवारका सदस्यहरु भन्ने उल्लेख छ । यसमा विद्यार्थी भन्ने शब्द उल्लेख छैन ।
यदपी कुइन्सल्याण्डले यसअघि नै दुबै खोप लगाउनेको संख्या ९० प्रतिशत पुगेपछि विद्यार्थीका लागि सिमाना खुल्ला गर्ने घोषणा गरिसकेको थियो । २० जनवरीसम्म कुइन्सल्याण्डमा दुबै खोप लगाउनेको संख्या ८९ प्रतिशत पुगिसकेको छ । दुइ दिनमा थप १ प्रतिशत थपिएमा यसअघिको घोषणा अनुसार विद्यार्थीका लागि स्वत कुइन्सल्याण्डको सिमा पनि खुल्ने छ । जनवरी २२ शनिवारसम्म दुबै खोप लगाउनेको संख्या ९० प्रतिशत पुगेन भने विद्यार्थी आउन पाउने देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ