Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा मृत्यु भएकी नेपाली विद्यार्थीको शव पठाउन उठ्यो ३३ हजार डलर

सिड्नीमा मृत्यु भएकी नेपाली विद्यार्थीको शव पठाउन उठ्यो ३३ हजार डलर


सिड्नी/ आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी सुष्मिता कपालीको शव नेपाल पठाउन ३३ हजार डलर संकलन भएको छ । गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका युवा संयोजक बिक्रम दाहालले सुरु गरेको गोफण्डमीमा चार दिनमै ३३ हजार डलर संकलन भएको हो । सुरुमा १० हजार उठाउने लक्ष्य राखिएपनि सहयोग दिनेको संख्या बढ्न थालेपछि २० हजार पुर्याइएको थियो । १४ सय जनाले आर्थिक सहयोग गरेर ३३ हजार डलर पुगेपछि यतिबेला गोफण्डमीको सो एकाउण्डमा थप सहयोग लिन नमिल्ने बनाइएको छ ।

सन् २०२० मा अष्ट्रेलिया अध्ययनका लागि आउनु भएका मृतक सुष्मिताको स्थाई घर काठमाडौंको किर्तिपुर हो । पछिल्लो समय मानसिक तनावमा रहेका सुष्मिता निकै मिलनसार र मेहनती रहेको नजिकबाट चिन्नेहरुले बताएका छन् ।
केही दिनमा शव नेपाल पठाउने प्रकृया सुरु हुने बुझिएको छ । शव पठाउन ७ देखि ९ हजार डलर लाग्छ । बाकी पैसा परिवारलाई दिने समेत बुझिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ