Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअबैद्य क्रिप्टो करेन्सीमा संलग्न तीन जना काठमाडौंबाट पक्राउ !

अबैद्य क्रिप्टो करेन्सीमा संलग्न तीन जना काठमाडौंबाट पक्राउ !


काठमाडौं । राष्ट्र बैंकको नीति नियम विपरित अबैद्य क्रिप्टो करेन्सीमा संलग्न तीन जना व्यक्तिहरु पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/बीटीसी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा अपराध महाशाखाले बिहिबार दिउँसो काठमाडौंको मिनभवनबाट राजन भट्टराई बिशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तहरुमाथी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको महाशाखाले जानकारि दिएको छ । पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य गैह्रकानुनी मानिन्छ । यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन प्रहरीले सबैलाई आह्वान समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ