Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब विद्यार्थी र भिषावाला बिना क्वारेन्टिन कुईन्सल्याण्ड आउन पाउने

अब विद्यार्थी र भिषावाला बिना क्वारेन्टिन कुईन्सल्याण्ड आउन पाउने


ब्रिजवेन/अब दुबै खोप लगाएका विद्यार्थी र भिषावाहक पनि बिना क्वारेन्टिन कुइन्सल्याण्ड आउन पाउने भएका छन् । अष्ट्रेलियाको कुईन्सल्याण्ड राज्यले जनवरी २२ तारिख शनिवारदेखि दुबै खोप लगाएका विदेशबाट आउने यात्रुलाई बिना क्वारेन्टिन प्रवेश दिने घोषणा गरेको हो । संघिय सरकारले यसअघि यात्राका लागि अनुमति दिएका २८ वटा भिषावहाकलाई कुईन्सल्याण्डले प्रवेश दिन लागेको हो ।

यसअघि दुबै खोप लगाउने संख्या ९० प्रतिशत पुगेपछि मात्रै अन्तराष्टिय सिमाना खोल्ने घोषणा भएपनि त्यसलाई केही समय अघि सारिएको राज्यकी प्रिमियर एनेस्तेसिया पालासेले जानकारी दिनुभयो । विदेशबाट आउने यात्रुले २४ घण्टाभित्र कोभिड परिक्षण गर्नुपर्छ । रिपोर्ट नआउन्जेल भने यात्रुले घरमै वा होटलमा क्वारेन्टिन भने बस्नुपर्नेछ । नेगेटिभ रिपोर्ट आएपछि भने क्वारेन्टिन बस्नुपर्नेछैन ।

यदपी कुइन्सल्याण्डले यसअघि नै दुबै खोप लगाउनेको संख्या ९० प्रतिशत पुगेपछि विद्यार्थीका लागि सिमाना खुल्ला गर्ने घोषणा गरिसकेको थियो । तर ९० प्रतिशत पुग्न केही बाकी हुदै कुईन्सल्याण्डले यस्तो घोषणा गरेको हो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ