Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभिटिज भिसामा खाडी मुलुक र मलेसिया जान प्रतिबन्ध

भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान प्रतिबन्ध


काठमाडौं। नेपालबाट भिटिज भिसामा खाडी मुलुक जान रोक लगाइएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारि गर्दै बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेकाले भिजिट भिसामा रोक लगाइएको जानकारि दिएको हो ।

भिटिज भिसामा भ्रमणमा जान रोक लगाइएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारि दिनुभयो । भिजिट भिसामा विदेश जानेहरुको संख्या पछिल्लो समय निक्कै धेरै पाइएको छ । यहाँबाट सहज रुपमा बाहिरिने र विदेशमा कामदार वा अन्य कुनै भिसा परिवर्तन गरेर बस्नेहरुका कारण समस्या बढेको अध्यागमन विभागले जानकारि दिने गरेको छ । भिजिट भिसामा विदेश पुगेर अलपत्र पर्नेहरुको संख्यासँगै गुनासो समेत बढिरहेको छ ।

यस्तो छ, गृह मन्त्रालयको विज्ञप्ति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ